काँग्रेस केन्द्रीय कार्यसमिति बैठक शनिबार बस्दै

फाईल फोटो

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शनिबार दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने भएको छ ।

संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव बैठकको एजेण्डा हुनेछ पार्टी कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । साथै उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।


ताजा खबर