आखिर कहिले सम्म

~विपिना उपाध्याय 

कयौं वर्षको अथक परिश्रम पश्चात्

खुन र पसिना एक गरेर आज डाक्टर त भए

देश र जनताको सेवा गर्न निस्वार्थ भावले अघि बढे

जहाँ जन्म र मरणको अद्भूत खेलमा 

तिमी दीर्घायुको ग्यारेन्टी माग्छौं

थाहा छैन तिम्रो अबोधपना हो कि मूर्खता 

आघिवेरी झै गडगडाउछौ

२-४ वटा ढुङ्गा उठाउँछौ 

कोलाहल र अशान्ति मचाउछौ

तुच्छ वचनले डा. पेशाको उल्लङ्घन गछौ

ताल परे उसैमाथि जाइलाग्छौ

 

कठै! मेरो भाग्य कठै! मेरो लाचारपना

अरुको ज्यान बचाउने प्रण लिएको

आज स्वयंम असुरक्षित महसूस गर्छुं

जटिल अवस्थाको बिरामी छुन भयभित हुन्छु

दिनहुँ डर र त्रासमा बाँच्न बाध्य भएको छु

आखिर कहिले सम्म त?? 

 

एउटा निर्दोष डाक्टरको अस्तित्वमा औला ठड्याइन्छ

दिनरात केहि नभनी सेवा गर्ने उसको सपना छताछुल्ल बनाइन्छ।


ताजा खबर