कोरोनाका कारण विश्वभर तीन लाख ४६ हजारको मृत्यु : ५५ लाख भन्दा बढी सङ्क्रमित

कोरोनाभाइरसका कारण विश्वभर तीन लाख ४६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने सङ्क्रमितको सङ्ख्या ५५ लाख नाघेको छ ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर २४ घण्टाको अवधिमा ९६ हजार नयाँ सङ्क्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर २ हजार ८२६ जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ५३ हजार २११ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २७ लाख ९९ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ । युरोपेली मुलुकहरूमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

पछिल्लो विवरण अनुसार बेलायतमा ३६ हजार ७९३ को कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ । संयुक्तराज्य अमेरिकामा मृत्युदरमा उतारचढाव यथावत छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ६१७ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल सङ्ख्या ९९ हजार ३०० पुगेको छ । रोयटर्स


ताजा खबर