थप ७२ जनामा कोरोना पुष्टि : नेपालमा संक्रमित ६७५ पुगे

स्वास्थ तथा जनसंख्या मन्त्रालयले नेपालमा आज थप ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६७५ पुगेको छ ।

सोमबार बिहान स्वास्थ्य मन्त्रालयले गरेको तथ्यांक अध्यवधिक अनुसार देशभर ६ सय ७५ जना कोरोना संक्रमित भएका छन् ।
नयाँ संक्रमितहरू काठमाडाैं टाेखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाकाे ३ जना रहेकाे छन् । राैतहटमा सबैभन्दा धेरै २६ जना, बारामा २१ जना, दैलेखमा ७ जना छन् । साथै धनुषा, कपिलवस्तु काठमाडाैंमा समान तीन तीन जना छन् । त्यस्तै सप्तरी दुइ जना, बाँकेमा ४ जना र बर्दियामा एक जना छन् ।

विज्ञप्तिः

No photo description available.


ताजा खबर