लकडाउनमा विवाह : कोभिड जाँच र विशेष पास सहित फरक अनुभव

कोभिड-१९ कोरोना भाईरसको विश्वव्यापि महामारीका कारण सरकारले लागू गरेको लकडाउनका वीच काठमाडौंमा शनिवार एक जोडी वैवाहिक जीवनमा शुरु गर्दै थिए ।

कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि सरकारले देशव्यापी लकडाउनको घोषणा गरेको छ । नेपालमा अहिले चौथो चरणको लकडाउन छ । यो लकडाउन यही महिनाको अन्त्यसम्मका लागि तय भइसकेको छ । सरकारले कोरोना नियन्त्रणका लागि लकडाउन घोषणा गरे पनि अत्यावश्यक कामका लागि भने लचकता देखाएको छ । यस्तै अत्यावश्यक काम अन्तर्गत वैवाहिक कामलाई पनि मानिएको छ ।

उपयुक्त र पर्याप्त आधारहरू देखाउन सके, अहिले नै गर्नुपर्ने बाध्यात्मक कारण पेश गर्न सकेमा र पहिले नै निर्धारण भएको अवस्थामा सरकारले वैवाहिक कार्यक्रम गर्नका लागि अनुमति दिने गरेको छ ।

Image may contain: 2 people, people standing

यही आधारमा शनिवार कैयौँ जोडी वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरूलाई भिडभाड नगरी आधारभूत धार्मिक तथा सांस्कृतिक प्रक्रिया पुरा गर्न अनुमती दिइएको छ ।

वैवाहिक कार्यक्रम गर्दा सामाजिक दूरी कायम गर्नु पर्ने, ५० जनाभन्दा बढी सहभागी हुन नपाउने, मास्क र पञ्जा लगाउनु पर्नेलगायत आधारभूत स्वास्थ्य सतर्कता भने अपनाउनै पर्ने व्यवस्था गरिएको छ ।

वैवाहिक कार्यक्रममा सहभागीहरु मध्ये एक सर्लाहि लालबन्दिका सागर आचार्यले भन्नुभयो, “हामीले सरकारको निर्देशन र मापदण्डलाई ख्याल गरेर नै १५ जनालाई मात्रै विवाहमा जन्ति ल्याएका छौँ ।” “जिल्ला प्रशासन कार्यालयबाट ५ जनाका लागि बिशेष पास ब्यवस्था गरेर साथमा कोभिड-१९ कोरोना भाईरसको र्यापिड टेस्ट नेगेटिभ भएको रिपोर्ट सहित हामी चारैजना सर्लाहिबाट काठमाडौं आएका हौं । ”  “सागरले भन्नुभयो प्रहरी र स्थानीय प्रशासनले निकै कडाइ गरेको पायौं । खासगरी काठमाडौं प्रवेशमा निकै कडाई गरिएको अनुभव हामीले गर्यौं ।”

Image may contain: 2 people, camera

वैवाहिक जीवन शुरु गर्न लागेका बेहुला सन्देश आाचार्य र  बेहुली शैलजा रिमाल दुबैले मास्क लगाएका थिए भने जन्ति अन्य सहभागीलाई पनि मास्क र सेनिटाइजर अनिवार्य नै गरिएको थियो ।

वैवाहिक कार्यक्रममा गर्भवती, ६५ बर्षभन्दा माथिका ज्येष्ठ नागरिक र १० वर्षभन्दा साना बालबालिकालाई सहभागी गराउन नपाइने बिशेष कानूनी व्यवस्था सरकारले गरेको छ ।

विवाह कार्यक्रम स्थलमा  सेनिटाइजरको पर्याप्त उपलब्धता र प्रयोग हुनुपर्ने र थर्मल गन मार्फत सबैको ज्वरो नाप्ने व्यवस्था पनि गर्नुपर्ने सरकारले जारी गरेको समेत  निर्देशिकामा उल्लेख गरिएको छ ।

सरकारले तय गरेका मापदण्डहरूलाई अवलम्बन गर्दै सर्लाहीबाट काठमाडौं नागार्जुन नगरपालिकामा आयोजित बैबाहिक कार्यक्रममा नव जोडीले लकडाउनका बेलामा पनि वैवाहिक जीवन शुरु गरेका हुन् । उनीहरूको वैवाहिक कार्यक्रमलाई अन्य अवस्थाको भन्दा नितान्त फरक मानिएको छ ।

सफल नेपाल परिवारको तर्फबाट सन्देश र शैलजा दुबैलाई सुखद बैवाहिक जिवनको अनेकानेक शुभकामना ।


ताजा खबर