बायर्न चार अंकको अग्रता सहित शिर्ष स्थानमा

जर्मन बुन्डेशलिगा फुटबल प्रतियोगिताको साविकको विजेता बायर्न म्युनिखले जारी लिगको शिर्ष स्थानमा आफूलाई कायमै राखेको छ ।

लिग अन्तरगत गएराती भएको खेलमा फ्रयाङ्फर्ट क्लवलाई ५-२ गोल अन्तरले पराजित गर्दै बायर्न अंक तालिकाको शिर्ष स्थानमा यथावत रहेको हो ।

यो जितले बायर्नलाई अंक तालिकामा प्रतिस्पर्धी बोरुसिया डर्टमण्डसंग स्पष्ट चार अंकको दूरी कायमै राख्न मद्धत गरेको छ । बोरुसिया डर्टमण्डले पनि गएराती नै भएको अर्को खेलमा उल्फ्सवर्गलाई २-० गोल अन्तरले पराजित गरेको छ । अंक तालिकामा बायर्नको ६१ अंक छ भने डर्टमण्डले ५७ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको लेभरकुसिनको ५३ अंक छ ।

कोरोनाभाइरसको महामारी कारण दुई महिना स्थगित भएर शुरु भएको लिगमा हिजो पाँच वटा खेल भएका थिए ।

दर्शकविनाका रंगशालामा खेलाइएका खेलहरुमा खेलाडीको हौसलाका लागि खाली सिटमा प्लास्टिले बनाइएका मानिसका आकृतिहरुलाई टाँसेर दर्शक जस्तै बनाइएको थियो । बीबीसी


ताजा खबर