ओलम्पिक निर्धारित समयमै गर्ने जापानको प्रतिवद्धता

जापानले आफ्नो देशमा हुने तय भएको ग्रीष्मकालिन ओलम्पिक प्रतियोगिता निर्धारित समयमै आयोजना गर्ने प्रतिवद्धता पुनः दोहोर्याएको छ ।

कोरोनाभाइरसका कारण यस बर्षका लागि निर्धारित प्रतियोगिता एक बर्ष पर धकेलिएको छ । तर प्रतियोगिता  २०२१ मा पनि आयोजना हुने वा नहुने भन्नेमा अझै दुविधायुक्त खबरहरु आइहेका छन् ।

स्वास्थ्य महामारीका कारण एक बर्ष पर सारिएको प्रतियोगिता फेरी सारिए प्रतियोगिता गर्नुभन्दा रद्ध गर्नु नै उचित हुने ओलम्पिक कमिटिका एक पदाधिकारीले पनि प्रतिक्रिया दिएका थिए ।

यसै सन्दर्भका जापान सरकारका प्रवक्ताले अर्को बर्ष ओलम्पिक प्रतियोगिता आयोजना हुने र त्यो जापानमा नै हुने स्पष्ट पार्नुभएको छ । उहाँले प्रतियोगिता आयोजना स्थलमा उच्च स्वास्थ्य सतर्कता अपनाइने बताउनु भएको भएपनि दर्शकहरुको उपस्थितिबारेमा भने केही नबोल्नु भएको बताइएको छ । क्योडो न्यूज


ताजा खबर