१०७ जना यात्रु बोकेको पाकिस्तानी विमान दुर्घटना

पाकिस्तानको लाहोरबाट कराँचीतर्फ उडेको विमान कराँचीमा दुर्घटना भएको छ ।

विमानमा ९९ जना यात्रु र आठ  चालक दलका सदस्य रहेको र सबैकाे मृत्यु भएको छ बताइएको छ । पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान जिन्ना अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको हो ।

पछिल्लो जानकारी अनुसार बिमान थुप्रै घरहरु भएको बाक्लो बस्तिमा खसेको र २० वटा भन्दा बढी घरहरु पूर्णरुपमा क्षतिग्रस्त भएको बताइएको छ ।

सामाजिक सञ्चालहरुमा दुर्घटनास्थल वरपर धूवाँ उडिरहेका तस्बिरहरु पोष्ट गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जानाएका छन् ।


ताजा खबर