नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि : नेपालमा कुल संक्रमितको संख्या ४८७ पुग्यो

नेपालमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या ४८७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नवलपरासी, चितवन, कपिलवस्तु र सर्लाहीका हुन्।

मन्त्रालयका अनुसार नवलपरासी बर्दाघाट सुस्ता पूर्व विनय त्रिवेणी गाउँपालिका ६ का ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका ६ चितवनका ७४ वर्षीय पुरुष र ७३ वर्षीय महिला, नवलपरासी सुस्ता गाउँपालिका ५ र रामग्राम नगरपालिका ३ र १८ का ३३ र ३५ वर्षीय पुरुष र १५ वर्षीइ किशोरीमा संक्रमण देखिएको हो।

यस्तै, कपिलबस्तु बाणगंगा नगरपालिका मायादेवी गाउँपालिकाका २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुष र ८ बर्षीय बालिका छन्। सर्लाहीको गोडैता नगरपालिकाका र रामनगर बहुअर्वा गाउँपालिकाका १४ जना पुरुषा र १८ वर्षीया एक महिला छिन्।

विज्ञप्तिः

Image may contain: text


ताजा खबर