सिन्धुपाल्चोक बस दुर्घटना– हेलिकोप्टर लिएर घाइते लिन पुगे मन्त्री

सिन्धुपाल्चोकमा भएको बस दुर्घटनाका घाइतेको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

प्रदेश नम्बर तीनका सामाजिक विकास मन्त्री युवराज दुलाल सेनाको हेलिकोप्टर लिएर घटनास्थल पुगेका हुन् । घटनास्थल दुलालको निर्वाचन क्षेत्रसमेत हो ।

घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको मन्त्री दुलालले जानकारी दिए ।

बस दुर्घटनामा ११ जनाको मृत्यु भइसकेको छ । भने हालसम्म पाँच जनाको पहिचना भएको छ ।

मृत्यु हुनेमा इन्द्रवती गाउँपालिकका ९ का हिरा श्रेष्ठ र विनोद लम्साल, इन्द्रावती गाउँपालिकाकै रितेस आचार्य रहेका छन् । त्यस्तै काभ्रे पाँचखालकी संगिता पुरकोटी र काभ्रेका केदार महाजु छन् । महाजु बसका चालक हुन् ।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा शुक्रवार विहान बस दुर्घटना भएको थियो । इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नंको बस आज बिहान सडकबाट २०० मिटर तल खसेको थियो ।


ताजा खबर