“किशोरीको शत्रु जंक फुड” : बोनिता शर्मा

काठमाडौँ, भद्रवासकी बोनिता शर्मा, २८, बीबीसी विश्व सेवाको प्रभावशाली एक सय महिलाको सूचीमा अटाउन सफल भएकी छन् । महिलाको स्वास्थ्यमा परिवर्तन गर्ने विचारसहित सोचाइ : युथ फर न्युट्रिसन संस्थाले गरेको कामको आधारमा उनलाई सूचीमा समेटिएको हो ।

तपाईंलाई प्रभावशाली महिलाको पंक्तिमा उभ्याउने तागत के हो ? 

हामीले आमा र किशोरीहरुको समस्यालाई नयाँ ढंगले समाधान निकाल्ने खोज गरेका छौँ । यसमा रंगीबिरंगी मालाका माध्यमबाट महिलाका स्वास्थ्यसम्बन्धी समस्याको समाधान खोजेका छौँ ।

यसको प्रभाव गज्जबै छ त ? 

हामीले मालामार्फत आमाहरुलाई ज्ञान दियौँ । यति सानो विचारले तिनमा पोषणसम्बन्धी ज्ञानमा नसोचेको परिवर्तन आयो ।  किशोरीहरुमा पनि महिनावारीसम्बन्धी ठूलो समस्या छ ।

त्यसको कारण ? 

किशोरकिशोरीको स्वास्थ्यको ठूलो शत्रु जंक फुड हुन् । हामी जति पनि स्कुलमा गयौँ, त्यहाँ जंक फुडको महामारी पाइयो । चाउचाउ, चटपटे, कोकजस्ता अस्वस्थ तयारी खानाले हाम्रो भविष्य रोगी बनाइरहेको छ ।

सबै जंक फुड हानिकारक हुन्छन् ? 

जंक फुड खाँदा पेट भरिएजस्तो हुन्छ तर शरीर भोकै हुन्छ किनभने त्यसमा शारीरिक विकासका लागि आवश्यक पोषण तफ्व पाइँदैन । ती खानेकुरा कमसल कच्चा पदार्थद्वारा उत्पादित हुन्छन् । किशोरावस्थामा यसको असर नदेखिए पनि पछि मधुमेह, मोटोपना, मुटु रोगजस्ता समस्या आउँछन् ।

जंक फुडको महामारीमा सरकारी नीतिको खोट देखिँदैन ? 

सरकारले विद्यालयहरुमा यस्ता खानेकुरामा प्रतिबन्ध लगाएको छ । तर हामी गएका धेरै विद्यालयमा बच्चाहरुले चाउचाउ नै खाइरहेका थिए । किशोरीलाई आइरन चक्की दिने सरकारी नीति छ, पाएका छैनन् । सेलिबि्रटीहरुले जंक फुड प्रवर्द्धन गरेकाले पनि धेरैले यस्ता खानेकुरा खाइरहेका छन् ।

जंक फुड रोक्ने उपाय के त ? 

गाउँमा स्थानीय खान्कीको महत्त्व नबुझ्दा र सहरमा अधिक जंक फुडले कुपोषण बढिरहेको छ । यसबारे अभिभावक, शिक्षक, विद्यार्थीलाई ज्ञान दिने अभियान चलाउनुपर्छ ।

शर्मा पोषण अभियन्ता हुन…

 


ताजा खबर