लकडाउन पछि वारा पर्साका ११ सय भन्दा बढी उद्योग बन्द

सरकारले सामाजिक दुरी अपनाएर उद्योग, कलकारखाना संचालन गर्न आग्रह गरे पनि वीरगंजका अतिआवश्यक उद्योगहरु बाहेक अन्य उद्योगहरु ठप्प रहेका छन् ।

वीरगंज पथलैया औद्योगिक करिडोर तथा वारा, पर्सामा झण्डै १२ सयको हाराहारीमा बहुराष्ट्रिय कम्पनि देखि ठूला, मझौला र साना उद्योगहरु रहेका भए पनि खाद्यान्न र केशी औषधी उत्पादन गर्ने उद्योग बाहेक अन्य उद्योगहरु बन्द रहेका छन् ।

साना तथा मझौला उद्योगहरुले एम्बुलेन्स राख्न सक्ने अवस्था नरहेको हुँदा उद्योग संचालन गर्न कठिनाई भएको व्यवसायिहरुले बताएका छन् ।

त्यसैगरी उद्योग संचालनका लागि मजदुरहरुलाई कम्पनि भित्रै राख्न निर्देशन दिएको र यो निर्देशन समेत पालना गर्न गाह्रो भएको नेपाल चामल दाल संघका केन्द्रीय अध्यक्ष सुबोध गुप्ताले बताउनु भयो । रासस 


ताजा खबर