थप १७ जनामा कोरोना संक्रमण पुष्टी : नेपालमा संक्रमितको संख्या ४४४ पुग्यो

नेपालमा थप १७ जनामा कोभिड- १९ संक्रमणको पुष्टी भएको छ । १७ जना थपिएसँगै संक्रमितको संख्या ४४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिले बिहान दिएको जानकारी अनुसार नयाँ संक्रमितहरु झापा, धनकुटा र सुनसरीका हुन् । झापाको केचनाकवलमा १५ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

केचनाकवल गाउँपालिकाको वडा नम्बर ३, ६ र ८ मा १५ जना संक्रमित फेला परेका हुन् । उनिहरु १८ देखि ४६ वर्ष उमेर समूहका छन् ।

त्यसैगरी धनकुटामा एक ३४ वर्षीय पुरुष र सुनसरीको धरानमा ५१ वर्षिया महिलामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका सहप्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिनुभएको छ । संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।

विज्ञप्तिः


ताजा खबर