नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित देश

इपिएलका ६ जना खेलाडीमा कोरोना संक्रमण देखियो

विश्वभर बढेको कोरोनाको संक्रमणबाट खेल गतिविधिहरु पनि प्रभावित छन् । यसैगरी कोरोनाबाट खेलाडीहरु संक्रमित हुने क्रम पनि बढैको छ ।

यसक्रममा इंग्ल्याण्डको प्रिमियर लिगका ६ जना खेलाडीमा कोरोनाभाइरसको संक्रमण देखिएको छ । आउदो जुनमा लिग शुरु गर्ने गरी हिजोदेखि अभ्यास शुरु भएको छ ।

प्रिमियर लिग क्लबका ६ खेलाडीलाई पोजेटिभ संक्रमण देखिएको छ । ७ सय ४८ जना खेलाडी र खेल अधिकारी परिक्षण गर्दा ६ जनामा संक्रमण देखिएको हो ।

कोरोना भाइरसका कारण गत १३ मार्चदेखि प्रिमियर लिग स्थगित छ । लिगमा यो सिजनको ९२ खेल बाँकी छ । स्थगित प्रिमियर लिग आउदो जुनको १२ तारिखदेखि फेरि शुरु गर्ने गरी तयारी भइरहेको छ । तर खेलाडीमै संक्रमण देखिएपछि सर्न सक्ने सम्भावना बढेको छ । रासस


ताजा खबर