थाहा छ नेपालमा पाइने महंगा रक्सी यि हुन्, एक बोतलकै ६ लाख सम्म पर्छ

एउटा भनाइ छ नि- प्रेम र मदिरा जति पुरानो भयो त्यति राम्रो मानिन्छ । मदिरा यस्तो चीज हो, जसको उत्पादन प्रक्रिया जति लामो भयो, त्यति नै महंगो पनि हुन्छ । तर प्रेम संस्कृति हो भने मदिरा विकृति हो ।

दशैंको मंगलधुनले सहर गुञ्जायमान हुन थालिसकेको छ । दशैंको सुरुवातसँगै मासुका अनेकन परिकारसँगै मदिराका स्वादले जनजिव्रो स्वादिलो बन्दै जान्छ । मदिरा पारखीका लागि दशैं अवसर पनि हो भन्दा फरक पर्दैन् ।

नेपालमा पाइने रक्सी भनेको तीनपाने हो । जसलाई हामी लोकल रक्सी पनि भन्छौं । नेवारी समूदायमा ‘अ‍ैला’ चर्चित छ । परम्परादेखि नै चलनचल्तीमा रहेको यो रक्सीलाई नेवारी समूदायले पुजापाठमा समेत प्रयोग गर्दछन् ।

गाउँघरमा जाँड, छ्याङ चलनमा भए पनि नेपालमा विदेशी रक्सीको प्रयोग पनि उत्तिकै छ । नेपालमा खासगरी रेड लेभल, ब्ल्याक लेभल, ग्रिन लेभल, ब्लु लेभलको जति चर्चा छ, सँगै ज्याक डेनियल, अर्लि टाइम्स, सिम्रोफ, सिंगल मार्ट, चिवास, टिचर जस्ता मदिरा महंगा ब्राण्डमा पर्छन् ।

तर यी मदिराभन्दा पनि अझ महंगा रक्सी नेपालमा पाइन्छन् । राजधानीको दरबारमार्गस्थित ग्रिनलाइन सेन्टरमा विदेशी मदिरा मात्रै उपलब्ध छन् । जहाँ हरेक प्रकारका वाइन, स्याम्पेन, ह्विस्की, ब्राण्डीहरु उपलब्ध छन् ।

दरबारमार्गको यो पसलमा सबैभन्दा महंगो रक्सी ‘क्यामुअस कोन्याक ५.१५०’ छ । यो रक्सीको मूल्य ६ लाख ७ हजार २०५ रुपैयाँ तोकिएको छ । यसको बोतल हातबाट बनाइएको हो । यो ब्राण्डी अंगुरको बोक्रालाई ४० वर्ष लगाएर बनाइएको हो ।

अर्को महंगो रक्सी भनेको लुई १३औं कोन्याक छ यसको मूल्य ४ लाख ९० हजार रुपैयाँ तोकिएको छ । यसको बोतलमा सुनले लेपन गरिएको छ । त्यस्तै, सिंगल मार्ट पनि छ । सिंगल मार्टको एक बोतलकै मूल्य २ लाख ३८ हजार रुपैयाँ तोकिएको छ ।

त्यसबाहेक ‘मास्टर कलेक्सन’, ‘रोयल सेलुट-६२’ पनि उपलब्धमध्येका महंगा रक्सीहरु हुन् । ग्रिनलाइनमा स्पाम्पेन पनि छ । स्याम्पेन फ्रान्सको स्याम्पेन रिजनमा मात्रै बन्छ । यो एउटा ट्रेडमार्क नै हो । अरु ठाउँमा बनेको हो भने त्यसलाई स्पार्कलिङ वाइन भनिन्छ ।

सामान्यतयाः १ हजार रुपैयाँबाट सुरु हुने यसको मूल्य दरबारमार्गको यो पसलमा भने ५ हजार रुपैयाँदेखिका स्याम्पेन उपलब्ध भएको इन्चार्ज निश्चर राना मगरले जानकारी दिए ।

वाइनको कुरा गर्ने हो भने यहाँ विभिन्न थरीका विदेशी वाइनहरु उपलब्ध छन् । सस्तोमा १५ सय रुपैयाँदेखि १८ हजार रुपैयाँसम्मका वाइनहरु यहाँ छन् । रेड वाइन, ह्वाइट वाइनका विभिन्न प्रकारका स्वाद मन पराउनेका लागि ग्रिनलाइनमा जान सकिन्छ ।


ताजा खबर