‘भिमसेन,अमरसिंह र बलभद्र छैनन् यो देशमा’ : पशुपति कार्की

लड्न सक्दैनौं युद्द तिमी पराया (भारत) सङ्ग,

उ असाध्य बलवान् छ हामी भन्दा,

 

कारण ,भिमसेन अमरसिंह बलभद्र छैनन् यो देशमा,

छन केवल गुलाम, आमा बलत्कृत हुदा हेरेर बस्ने नालायक र तन्नाम,

 

युद्द भलै जितिन्न, भन्छन् हतियार छैन आधुनिक,

खुकुरी खुडा भाला र ढुङ्गाले जित्या पू्र्खाले टिस्टा देखि कङडा ।

 

मुख चलाउछ धारिला स्पात समान जनमन  फेसबूक र टुइटर मा,

लड्नै पर्ने दिन आए पस्ता हुन दुला र कुना कुना ।

 

देश जोगाउने सेनाका उच्च ब्यस्त छन ठेक्का र ब्यापार मा,

भुसुना सरि ती साना मस्त छन जुत्ता चप्पल सिहार्दै छाता ओडाउनमा ।

 

आइहाले जाइ लाग्ने दिन, तिनै निमुखा बन्छन शिकार

२१ औ सताब्दिको असक्त म नेपाली आफैमा धिक्कार ।


ताजा खबर