अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि र विश्व स्वास्थ्य संगठनवीच स्वस्थ खेल वातावरणका लागि सम्झौता

विश्वभरी नै स्वस्थ खेल वातावरण निर्माण गर्ने उद्देश्य सहित अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि र विश्व स्वास्थ्य संगठनले सम्झौता गरेका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न भएको स्वास्थ्य संकट र त्यसको मारमा  परेको खेल क्षेत्रलाई सुरक्षित रुपमा अघी बढाउनका लागि ओलम्पिक कमिटिका अध्यक्ष थोमस व्याच र स्वास्थ्य संगठनका प्रमुख थेडरोस एडहोनोमले सम्झौता गर्नुभएको हो । सम्झौताले स्वास्थ्य महामारी पछिको विश्व खेलकुद गतिवधीलाई अघी बढाउन प्रेरित गर्ने बताइएको छ ।

यसैगरी दुबै संस्थाहरुले नसर्ने रोगहरुको नियन्त्रणमा संयुक्त प्रयास गर्ने प्रतिवद्धतापनि जनाएका छन् । स्विट्जरल्याण्डमा भएको सम्झौतापत्रमा हस्ताक्षरका क्रममा ओलम्पिक कमिटिका अध्यक्ष व्याचले कोरोनाको संकटपछि व्यक्तिको शारिरीक र मानसिक स्वस्थताका लागि खेल र व्यायाम अझ जरुरी रहेको कुरा पुष्टी गरेको बताउनु भयो ।

स्वास्थ्य संगठनका प्रमुख एडहोनोमलेखेलकुदले सबैलाई स्वस्थ, सुरक्षित र अनुशासित बनाउन भूमिका खेल्ने बताउनुभयो । बीबीसी


ताजा खबर