फ्राइडे फिल्मस्: दीपक र केकीको ‘छ माया छपक्कै’ हलमा

दीपेन्द्र लामा निर्देशित चलचित्र ‘छ माया छपक्कै’ आज शुक्रबारदेखि प्रदर्शनमा आएको छ । वर्षकै प्रतीक्षित यो फिल्म विजयादशमीको अवसर पारेर प्रदर्शनमा आउन लागेको हो ।

यसअघि फिल्म दशैँअघि नै रिलिज गरिने भनिएको थियो । तर, अशोक शर्माको ‘रातो टीका निधारमा’ र हिन्दी फिल्म ‘वार’ पनि रिलिज हुने भएपछि केही हप्तापछि सरेको थियो । सामाजिक कमेडी ड्रामा यो फिल्ममा दीपकराज गिरी र केकी अधिकारीको प्रेमकथा छ ।

रोहित अधिकारीको लगानी रहेको फिल्ममा दीपक र केकीबाहेक केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्ट लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्ममा समावेश गीत ‘जुनको जुनेली’ र प्रचारमा सहयोग पुर्‍याउन तयार पारिएको गीत ‘बिच्च बिच्चमा’ ले यसअघि चर्चा पाएका छन् ।

 


ताजा खबर