नेकपाको सचिवालय बैठक सम्पन्न : नीति तथा कार्यक्रमबारे सुझाव

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बालुवाटारमा सम्पन्न भएको छ । बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसदका दुवै सदनमा सरकारका तर्फबाट आव ७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अन्तिम तयारी भइरहेको र त्यसका लागि केही महत्वपूर्ण सुझाव भए सो दिन माग गर्नुभएको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारलाई बताउनुभयो ।

बैठकमा सहभागी नेताहरूले केही महत्वपूर्ण सुझावहरू दिएको उहाँले बताउनुभयो ।

साथै, स्थायी कमिटीको बैठकबारे केही छलफल भयो कि भन्ने पत्रकारको जिज्ञासाको जवाफमा श्रेष्ठले त्यस विषयमा केही टुङ्गो नभएको र अब नीति तथा कार्यक्रम प्रस्तुत भएपछि सचिवालय बैठकमा छलफल हुने बताउनुभयो । रासस 


ताजा खबर