फोटो फिचरः कलाकारको टीका

वर्ष २०७६ को दशैं सकिँदैछ । नेपाली चलचित्र क्षेत्रका कलाकारहरुले पनि दशैंलाई रमाइलो गरी मनाएका छन् । केही कलाकारले कारणवश दशैं मनाउन नपाए पनि धेरैले भने दशैंको टीका लगाएका छन् । धेरै कलाकारहरुले टिकाको तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट पनि गरेका छन् ।

अभिनेता अनमोल केसीले आफ्नो बुबा भुवन केसीको हातबाट टीका लगाएका छन् । अनमोल र भुवनले काठमाडौंमा नै दशैं मनाएका हुन् ।

तस्वीरमा कलाकारको दशैं

अभिनेता राजेश हमालले विजया दशमीको दिन टीका लगाउन पाएनन् । त्यस दिन आफ्नो आमाको श्राद्ध पर्ने भएकाले टिकाको दोस्रो दिन टीका लगाए । उनले आफ्नो श्रीमती मधु भट्टराईसँगै टीका लगाएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

त्यस्तै नायक निखिल उप्रेती र नायिका सञ्चिता लुईटेलले पनि काठमाडौंमा नै रहेर दशैं मनाएका छन् ।

दीपकराज गिरीले पनि सामाजिक सञ्जालमा परिवारसँग टिका लगाएको तस्वीर सार्वजनिक गरेका छन् ।

गायक प्रकाश सपुत भने दशैं मनाउनको लागि बाग्लुङ पुगे । उनले बाग्लुङ पुगेर आफ्नो परिवारसँग दशैं मनाएका छन् ।

 

Dashain


ताजा खबर