दसैं

हट्यो सारा हिलो मैलो
हरायो पानीको वर्षा
भवानीको भयो पूजा
चल्यो आनन्दको वर्षा

जता जाउ उतै भन्छन्
दसैं आयो दसैं आयो
यही आनन्द चर्चाले
सबै सङ्कष्ट बिर्सायो

ठूला साना सबैलाई
दसैं अत्यन्त राम्रो छ
चलेका चाडमा ज्यादै
यही उत्कृष्ट हाम्रो छ

सबै अत्यन्त आनन्दी
सबै छन् पिङमा दङ्ग

सबैको देखिँदै आयो
उज्यालो चेहरा रङ्ग !

 


ताजा खबर