साहित्यतर्फको नोबेल पुरस्कार अस्ट्रियाली लेखकलाई

सन् २०१९ को साहित्यतर्फको नोबेल पुरस्कार अस्ट्रियाली लेखक पिटर हान्डकेलाई प्रदान गरिने भएको छ ।

पोल्याण्डकी लेखिका ओल्गा टोकारजुकले सन् २०१८ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । तर, सन् २०१८ मा एक विवादास्पद यौनकाण्डका कारण साहित्य तर्फको नोबेल पुरस्कार वितरण गरिएको थिएन ।

स्वीडिस एकेडेमीका सचिव म्याट्स माल्मले स्टकहोममा दुबै पुरस्कारको घोषणा गरेका थिए ।

पुरस्कारका लागि आठ जनाको नाम प्रारम्भिक छनोटमा परेको र त्यसमध्ये दुई जनालाई सन् २०१८ र २०१९ का लागि पुरस्कृत गर्ने निर्णय भएको नोबेल कमिटीका अध्यक्ष एन्डर्स ओल्सोनले बताए ।

पुरस्कृत व्यक्तित्वहरुले जनही ९ लाख १८ हजार अमेरिकी डलर र स्वर्ण पदक एवं प्रमाणपत्र प्राप्त गर्नेछन् । उक्त पुरस्कार आगामी डिसेम्बर १० मा स्टकहोममा विशेष समारोहबीच प्रदान गरिनेछ ।

यसअघि नै रसायनशास्त्र, चिकित्साशास्त्र र भौतिकशास्त्र तर्फको पुरस्कार घोषणा गरिसकिएको छ ।

– एपी


ताजा खबर