कतार एयरवेजलाई उत्कृष्ट एयरलाइन अवार्ड

कतार एयरवेजले उत्कृष्ट एयरलाइन्स अवार्ड पाएको छ।

युके बिजनेस ट्राभलर अवार्ड अन्तर्गत कतार एयरवेजले उक्त अवार्ड पाएको हो।

योसँगै कम्पनी उक्त पुरस्कारद्वारा पाँचौँ पटक ९२०११, २०१२, २०१५, २०१७ र २०१९० सम्मान हुने पहिलो एयरलाइन बन्न सफल भएको छ । विश्वकै स्तरमा विश्वकै उत्कृष्ट एयरलाइनको उपाधि कतार एयरवेजलाई प्रदान गरिएको यो पाँचौँपल्ट हो ।

विश्वभरका यात्रीद्वारा प्रदान गरिएको भोटका आधारमा उत्कृष्ट एयरलाइनको उपाधिका साथै कतार एयरवेजले बेस्ट एयरलाइन इन द मिडल इस्ट, वल्र्ड्स बेस्ट बिजनेस क्लास र बेस्ट फस्र्ट क्लास एयरलाइन लाउञ्जलगायत प्रमुख उपाधि पनि हात पार्न सफल भएको छ ।
कतार एयरवेजको ‘होम एन्ड हब’ हमाद इन्टरनेसनल एयरपोर्टलाई यस वर्ष पनि स्काइट्र्याक्सद्वारा पाँच तारेको उपाधि प्रदान गरिएको छ । यो उपाधि हमाद इन्टरनेसनल एयरपोर्टलगायत विश्वका अन्य चार विमान स्थललाई मात्र प्रदान गरिएको छ । कतार एयरवेजलाई प्रदान गरिएको

विश्वकै उत्कृष्ट विमान स्थलको यो उपाधि आफ्ना यात्रीहरुको अटुट विश्वासको प्रमाण भएको कतार एयरवेजका गु्रप चिफ एक्जेक्युटिभ महामहिम अकबर अल बाकरले बताए । गत वर्ष वल्र्ड्स बेस्ट बिजनेस क्लास, बेस्ट बिजनेस क्लास लाउञ्ज र बेस्ट एयरलाइन स्टाफ सर्भिस इन द मिडल इस्ट उपाधि हात पार्न सफल कतार एयरलाइन्सले वैश्विक विस्तार योजना, प्रडक्ट डेभलपमेन्टका क्षेत्रमा थप आशातित नतिजा हात पार्दै आइरहेको छ । साथै, यही साता सेवा सञ्चालन गर्नु पूर्व कम्पनीको पूर्णरूपमा तयार विमानलाई पेरिस एयर शोमा समेत प्रदर्शित गरिने विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

अवार्डमा कतारले उत्कृष्ट लङ हउल एयरलाइन, उत्कृष्ट बिजनेस क्लास र मध्यपूर्वको उत्कृष्ट एयरलाइनको अवार्ड पनि पाएको छ।

 


ताजा खबर