केजीएच ग्रुपले पार्क भिलेजमा छुट्टै ब्याङकेट सुरु गर्यो, हनुमान ढोकाको गद्दी बैठकजस्तै हल

काठमाडौं गेष्ट हाउस ग्रुप अन्तर्गत बुढानिलकण्ठ स्थित पार्क भिलेज होटलले छुट्टै ब्याङ्केट हल संचालनमा ल्याएको छ।

हनुमानढोका स्थित गद्दी बैठक हलको स्वरुपमा निर्माण गरिएको ब्यांकेट हलसँगै बैठक, सभा, विवाह, प्रदर्शनी लगायत विभीन्न प्रयोजनका लागि प्रयोग गर्न सकिने होटलकी कार्यकारी निर्देशक अमृताजली शाक्यले जानकारी दिइन्।

‘होटलभित्र पहिला पनि विवाह समारोहका लागि विभीन्न कक्ष प्रयोग हुँदै आएको थियो। हामीले वैवाहिक प्रयोजनलाई मुख्य प्राथमिकता दिँदै यो ब्याङ्केट हल संचालनमा ल्याएका हौँ।’ उनले भनिन्।

विभीन्न प्रयोजनका लागि बनाइएको दरबार र बैठक हलमा एकैपटक दुई हजारसम्म अट्न सक्ने क्षमता रहेको होटलले जनाएको छ।
कार्यकारी निर्देशक शाक्यका अनुसार दरबार हलमा प्रयोग गरिएको विद्युतीय उपकरण चीनबाट आयात गरिएको छ भने शिशाजन्य सामाग्री जर्मनीबाट आयात गरिएको छ।

‘नेपाली संस्कृति र कलालाई मध्यनजर गर्दै हामीले दरबार र बैठक हलको अवधारणा निकालेका हौँ। यसको अवधारणा बुवा सुनिल शाक्य र हजुरबुवा कर्ण शाक्यले निकाल्नुभएको हो।’ उनले भनिन्।

उनका अनुसार होटलमा  पहिलोपटक सिवेज ट्रिटमेन्ट सुरु गरिएको उनले बताइन्। ‘हाम्रो मुख्य उद्देश्य भनेकै वातावरण संरक्षण गर्नु हो। यही कुरालाई मध्यनजर गर्दै हामीले सिवेज ट्रिटमेन्ट सुरु गरेका छौँ। यो नेपालमै पहिलोपटक सुरु भएको छ। प्रयोग भइसकेको पानीलाई पुनः प्रयोग गर्दा पानीको अनावश्यक प्रयोग नियन्त्रण गर्न सकिने कारण यो विधी सुरु गरेका हौँ।’ उनले भनिन्।

हलको सिलिङमा खुल्ला आकाशमा उडिरहेको चराको चित्रकलाले थप प्रकृतिमैत्री झल्किएको उनले बताइन्।


ताजा खबर