नेपालगञ्जमा पछिल्लो पटक ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ ।
स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमितहरु नेपालगञ्ज ८ का २२, ३० र ४० वर्षका पुरुष र ०९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन्।