टी-२० सिरिजः नेपाल आज आयोजक ओमानसँग खेल्ने

ओमानमा जारी पाँच देशको सहभागिता रहेको टी २० सिरिजको अन्तिम खेलमा आज नेपालले घरेलु टोली ओमानको सामना गर्ने भएको छ ।

ओमानको एकेमडेमी क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार ३ः१५ बजेबाट शुरु हुनेछ । जारी प्रतियोगितामा सबैभन्दा बलियो टिमका रुपमा देखिएको ओमानविरुद्ध नेपालले जित हासिल गर्नु त्यति सहज छैन । तर पनि नेपाल ओमानविरुद्ध जित निकाल्दै सुखद अन्त्य गर्ने लक्ष्यमा रहेको छ ।

ओमानले अहिलेसम्म तीन खेलमा तीनैमा जित निकालेको छ । ओमानले घरेलु मैदानमा नेदरल्याण्ड, हङकङका साथै टेष्ट मान्यता टिम आयरल्याण्डविरुद्ध जित हासिल गरेको हो ।

नेपालले खेलेका तीन खेलमा दुईमा जित र एक हार ब्यहोरेको छ । बुधबार भएको खेलमा नेपाल आयरल्याण्डविरुद्ध १३ रनले पराजित भएको हो ।

 


ताजा खबर