२ जना थपिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ५१ पुग्यो

नेपालमा थप दुई जनामा कोरोना भाइरसको सङ्क्रमण  देखिएको छ ।

टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा पर्सा वीरगञ्जका ५० वर्षीय दुई पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज थप दुई जनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५१ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १२ जना घर फर्किएका छन् ।

सङ्क्रमितका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । ती दुवैजना अहिले आइसोलेशनमा रहेका र स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिः

Image may contain: text


ताजा खबर