बास्टियन स्वाइन्सटाइगरले फुटबलबाट सन्यास लिए

बास्टियन स्वाइन्सटाइगरले फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन्। सिकागो फायरसँग आबद्ध रहेका ३५ वर्षिय बास्टियन मेजर लिग सक्कर सकिएको दुई दिनपछि सन्यासको घोषणा गरेका हुन्। सो लिगमा उनको क्लब १७ औं स्थानमा रहेको थियो।

सिकागो फायरसँग आबद्ध हुनुअघि बास्टियन इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड र बार्यन म्युनिखमा मिडफिल्डरको भूमिकामा थिए। उनी २०१७ मा मात्रै सिकागो फायरमा आबद्ध भएका थिए।

सन्यास दिँदै बास्टियनले भने,’ यो निर्णय लिने समय आइसकेको छ। यहाँसम्मको यात्रामा साथ दिने सबैलाई धन्यवाद। मेरा प्रशंसकहरुले यहाँसम्म यात्रा गर्न मलाई धेरै प्रोत्सहन गरे।’

Photo: Alexander Hassenstein/Getty

सन् २००४ देखि २०१६ सम्म बास्टियनले जर्मनीका लागि १२१ खेल खेल्दै २४ गोल गरेका थिए। सन् २०१४ को विश्वकप खेलमा उनको टोली विश्व विजेता बनेको थियो। सन् २०१६ मा भएको युरोकपपछि उनले जर्मनी राष्ट्रिय फुटबल टोलीबाट सन्यास लिएका थिए।

जर्मन फुटबल टोलीका प्रशिक्षक जोएचिम लोले बास्टियन जर्मन फुटबलको इतिहासमा सर्वोकृष्ट प्रदर्शन गर्ने खेलाडीमा रहेको बताएका छन्।


ताजा खबर